काठमाडौँ
१७ असोज । पछिल्लो समय लगातार मौसम बदली भइरहेको छ । अक्टोबर २ तारिख( असोज १५) गतेबाट मनसुनी बर्षा अन्त्य हुने भए पनि केही दिनमुनी बर्षा जारी रहने र्मासविद्हरुले् बताएका छन् ।
आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनुका साथै कोशी, मधेश र बागमती प्रदेशका केही र बाँकी प्रदेशका एक÷दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी प्रदेशका एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको उक्त बुलेटिनमा जनाइएको छ ।
त्यस्तै असोज १८ गते ९बिहीबार० कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
बिहीबार राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले सूचनामा प्रकाशित गरेको छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
आज देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी, लुम्बिनी, कोशी र बागमती प्रदेशका केही स्थान हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज देशभर आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको हो ।
आगामी २४ घण्टाका लागि गण्डकी, लुम्बिनी, कोशी र बागमती क्षेत्रबाट बहने नदीको जल सतह हल्का बढ्न सक्ने, बाढीपहिरो, भूक्षय तथा चट्याङ्गको सम्भावना रहेकाले जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भन्दै आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
असोज १९ गते ९शुक्रबार० कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहनेछ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । सोही राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहनेछ ।








प्रतिक्रिया