२८ माघ २०८२, मंगलबार | Tue Feb 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


रिगल’को कैद मिनाहा गर्ने सरकारी निर्णयमाथि कारण देखाऊ आदेश



१८ असोज । सर्वोच्च अदालतले योगराज ढकाल ‘रिगल’को कैद मिनाहा गर्ने सरकारी निर्णयमाथि कारण देखाउ आदेश जारी गरेको छ । बाँकेको नेपालगञ्जमा दिउँसै व्यक्तिको हत्या गरेको आरोपमा दोषी ठहर भएका रिगललाई संविधान दिवसको अवसरमा बाँकी कैद मिनाह गरेर जेलमुक्त गरिएपछि परेको रिटमाथि सुनुवाइ गर्दै अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा कैद मिनाह गरेपछि रिगलले हत्या गरेका चेतन मानन्धरकी श्रीमती भारतीले सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन् । रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश मनोज शर्माको एकल इजलासले कारण देखाऊ आदेश जारी गरेको छ ।

सर्वोच्चले निवेदकको मागअनुसार किन उत्प्रेषणको आदेश दिनु नपर्ने हो ? कारण पेश गर्न भनेको छ । सर्वोच्चले भारती शेर्पाको परिवारलाई सुरक्षा दिन समेत गृह मन्त्रालयलाई आदेश दिएको छ ।

राष्ट्रपतिले माफी मिनाह दिन मिल्ने वा नमिल्ने भन्ने कानूनी प्रश्नको निरुपणका लागि रिटमाथि पूर्ण इजलासमा सुनुवाइ हुनुपर्ने आदेश गरिएको छ ।

प्रकाशित मिति : १८ आश्विन २०८०, बिहिबार  १ : १० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।