२८ माघ २०८२, मंगलबार | Tue Feb 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


दुबईबाट इजरायल गयो वायु सेवाको विमान, आज राति फर्कदै



२५ असोज । इजरायलमा नेपालीको उद्धार गर्न नेपाल वायुसेवा निगमको २७४ सिट क्षमताको वाइडबडी जहाज गएको छ । निगमको ९ एन एएलजेड नामक वाइडबडी जहाज नेपालीको उद्धारका लागि आज (बिहीबार) विहान साढे २ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इजरायलका लागि उडेको थियो ।

निगमको जहाजले नेपाली समयअनुसार १०:४६ बजे दुबईबाट इजरायलका लागि उडेको छ । वायुसेवा निगमका प्रवक्ता रमेश पौडेलका अनुसार दुबई ट्रान्जिट भएर गएको यो जहाज आजै साँझ २५४ नेपाली लिएर काठमाडौं फर्कने छ ।

जहाज आजै राति सवा ९ बजेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्नेछ ।

प्रकाशित मिति : २५ आश्विन २०८०, बिहिबार  ८ : ३८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।