२८ माघ २०८२, मंगलबार | Tue Feb 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


जीप दुर्घटनापछि वालकको मृत्यु, पाँच घाइते



मलेखु (धादिङ)
२८ असोज । धादिङ गङ्गाजमुना गाउँपालिका ४ गुम्दीमा जीप दुर्घटना हुँदा एक वालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।
धादिङबेँसीबाट रिगाउँको तावल जाँदै गरेको मे १ ज २६६९ नं जिप अनियन्त्रित भई दुर्घटना हुँदा गङ्गाजमुना् २ का १४ वर्षीय वालक अनुरोध तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिएका छन् ।
उनका अनुसार दुर्घटनामा दुई बालकसहित पाँच जना घाइते भएका छन् । घाइतेको गुम्दी स्वास्थ्य चैकीमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २८ आश्विन २०८०, आइतबार  १० : ३८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।