३ कात्तिक । स्वास्थ्य मन्त्रालयले चाडपर्वका बेला खानपानमा ध्यान दिन आम नागरिकलाई सुझाव दिएको छ।
बडादसैँको मुख्य दिन नजिकिँदै गर्दा मन्त्रालयले विज्ञप्ति जारी गरी असन्तुलित खानपान तथा जीवनशैलीका कारण स्वास्थ्यमा समस्या देखिने भएकाले होसियार अपनाउन आग्रह गरेको हो। मन्त्रालयले स्वास्थ्य बिग्रिन नदिन सेतो मासु, फलफूल र रेसादार खानेकुरा सेवनमा जोड दिन अनुरोध गरेको छ।
‘चाडपर्वका बेलामा हुने असन्तुलित खानपान तथा जीवनशैलीका कारण स्वास्थ्यमा समस्या देखिनसक्ने भएकाले सेतो मासु, फलफूल र रेसादार खानेकुराहरू सेवनमा जोड दिनुहुन तथा स्वास्थ्यमैत्री जीवनशैलीलाई आत्मसात् गर्नुहुन अनुरोध गर्दछौँ’, मन्त्रालयले विज्ञप्तिमा भनेको छ।









प्रतिक्रिया