काठमाडौँ
५ कात्तिक । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभावका कारण मौसम बदली भएको छ । मौसम बदलीसँगै बडादशैं हिले दशैंमा परिणत हुने खबरा बढेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रहेको छ ।
केही भू भागमा मौसम सामान्यतया सफा रहने महाशाखाको अनुमान छ ।
सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको भनाई छ ।








प्रतिक्रिया