काठमाडौं
१० कात्तिक । कार्तिक ११ गते शनिवार खण्डग्रास चन्द्रग्रहण लाग्ने ज्योतिषीहरूले बताएका छन् ।
विश्वका विभिन्न मुलुकहरूबाट देखिने यो सो ग्रहण नेपालबाट पनि देखिने छ । आश्विन शुक्ल पूर्णिमाको साथमा कार्तिक महिनासमेत परेको हुनाले कार्तिकको कोजाग्रत पूर्णिमाको विशेषतासँग यो ग्रहणको पनिविशेषता जोडिन भएकोले यस प्रकारको ग्रहणको छुट्टै महत्त्व हुने ज्यो. दीपक सुवेदीको भनाई रहेको छ ।
सो ग्रहण ११ गते कट्ने राति १२ गते हुने बिहान२०८० कात्तिक ११ गते लाग्दै गर्दा राति ०१ बजे १९ मिनटदेखि ०१ बजेर ३८ मिनटसम्म नेपाली आकाशमा देख्न सकिने ज्यो. सुवेदीको भनाई छ ।
ग्रहणको समयमा के गर्न हुने र के गर्न नहुने भन्ने लगायतका विभिन्न विषयक बारेमा पनि ज्योे सुवेदीले सो बताएका छन् । ग्रहणको समय संक्रमित हुने र सावधानीपूर्वक रहन पर्ने कुरामा आधुनिक वैज्ञानिकहरू पनि सहमत छन् । त्यस माथि हाम्रो समाज धार्मिक आस्थावान समेत भएकोले ग्रहणलाई धार्मिक कोणबाट पनि मनन् गरिने गरेको ज्योतिषहरु बताउछन् ।
ग्रहणको बारेमा मान्छेहरूले नबुझेर अन्धविश्वासी ढङ्गले पनि यसलाई लिने गर्छन् । खासमा ज्योतिषशास्त्र, धार्मिक शास्त्र र आधुनिक विज्ञानले ग्रहणको बारेमा बताएका केही कुराहरू मिल्न पनि जान्छन् ।








प्रतिक्रिया