२७ माघ २०८२, सोमबार | Mon Feb 9 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


सरकारलाई महंगी, भ्रष्टाचार र अनियमितता रोक्न महेश बस्नेतको आग्रह



७ मंसिर । नेकपा एमालेका नेता महेश बस्नेतले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नसच्चिए प्रधानमन्त्रीको कुर्सीबाट माइतीघर वा तीनकुनेमा लगेर पछार्ने तागत एमालेसँग भएको बताएका छन् ।

बिहीबार एमालेका जनसंगठनले काठमाडौंमा आयोजना गरेको विरोध प्रदर्शनलाई सम्बोधन गर्दै बस्नेतले सरकारलाई सच्चिन र महँगी, भ्रष्टाचार र अनियमितता रोक्न आग्रह गरे ।

उनले एमालेको कार्यक्रम अव सातै प्रदेशमा विस्तार हुने र उक्त आन्दोलनपछि एमाले नेतृत्वमा सरकार बन्ने बताए । उनले गणतन्त्रमाथि आक्रमण हुँदा एमाले सबैभन्दा पहिले प्रतिरोधमा उत्रिएको दाबी समेत गरे ।

बस्नेतले नेपाललाई विभिन्न शक्तिले प्रयोगशाला बनाउन खोजको बताए । राजावादीहरूले दुर्गा प्रसाईंलाई प्रयोग गरेर राजतन्त्र फर्काउन सकिन्छ कि भन्ने प्रयत्न गरिरहेको उनले बताए । बस्नेतले नेपाललाई भारतमा मिलाउनुपर्छ भन्नेसम्मका राष्ट्र विरोधी अभिव्यक्त प्रसाईंले दिएको भन्दै आलोचना गरे ।

प्रकाशित मिति : ७ मंसिर २०८०, बिहिबार  १० : ५८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।