८ मंसिर । मेडिकल व्यवसायी तथा गणतन्त्र विरोधी अभियन्ता दुर्गा प्रसाईंको घरलाई सुरक्षाकर्मीले घेरा हालेर राखेका छन्। प्रसाईं घर भक्तपुर पुगेर प्रहरीले वरपरबाट ठूलो संख्यामा घेरा हालेको छ।
शुक्रबार पनि प्रसाईंले तीनकुनेमा प्रदर्शन गर्ने बताएपछि उनलाई घरबाटसमेत निस्कन नदिई आफ्नै घरमा नजरबन्द गराउने उदेश्यसहित प्रहरीले घेरा हालेको हो ।
प्रसाईंले आजसमेत प्रदर्शन गर्ने बताएपछि प्रहरीले शाही युवा संघका अध्यक्ष पशुपति खड्कासहित पाँच जनालाई पक्राउ गरिसकेको छ। प्रसाईंको अगुवाईमा बिहीबार भएको प्रदर्शनमा पाँच प्रहरीसहित २८ जना घाइते भएका थिए।
नागरिक बचाउ अभियानका नाममा प्रसाईंले अराजक शैलीमा भाषण गर्नेदेखि प्रदर्शन गर्ने र गणतन्त्र फालेर राजा ल्याउनेसम्म बताउँदै आएका छन्। आज शुक्रबारसमेत प्रसाईंले तीनकुनेमा प्रदर्शन गर्ने बताएका छन्।








प्रतिक्रिया