९ मंसिर । व्यावसायी दुर्गा प्रसाई नेतृत्वको राष्ट्र,राष्ट्रियता, धर्म,संस्कृति र नागरिक बचाउँ महाअभियानको प्रर्दशन तीनकुनेबाट सिफल चौरमा सरेको छ ।
म्हाअभियानका सह प्रवक्ता राजानन्द माण्डव्यले काठमाडौ जिल्ला सुरक्षा निकायसंग फलफलपछि गौशालास्थित जय बागेश्वरी पछाडीको सिफल चौरमा आमसभा गर्न सहमत भएको बताएका छन् ।
काठमाडौं तिनकुने क्षेत्रमा कार्यक्रम गर्दा अन्त–राष्ट्रिय बिमानस्थलमा समेत प्रभाब पर्ने तथा सुरक्षा दिन असहज हुने हुदाँ अन्य स्थानमा कार्यक्रम गर्न दिने तर कुनैपनी हालतमा तिनकुनेमा कार्यक्रम गर्न नमिल्ने काठमाडौ जिल्ला प्रशासनमा प्रहरी, सशस्त्र र सेनाका उच्च अधिकारीको अडानका कारण आमसभा स्थल सार्नु परेको सहप्रवक्ता माण्डव्यको भनाई छ ।
उनका अनुसार छलफलमा आन्दोलन शान्तिपूर्ण तवरले गर्ने, आफ्ना माग र उद्देश्य जनता माझ स्पष्ट पार्ने र कुनै हातहतियार र हिंसात्मक आन्दोलन नगर्ने सहमती भएको छ ।
आज विहान११ः३० बजे सिफल चौरमा हुनेछ सभा हुने उनले बताए ।








प्रतिक्रिया