२७ माघ २०८२, सोमबार | Mon Feb 9 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


उपरथी नारायण सिलवालसहित चारजनालाई दज्र्यानी चिह्न



 

काठमाडौँ
११ मङ्सिर । प्रधानसेनापति प्रभुराम शर्माले सहायक रथी नारायण सिलवाललाई उपरथीको दज्र्यानी चिह्न प्रदान गरेका छन् ।

सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजित कार्यक्रममा उपरथी दर्जामा विशेष पदोन्नति भएका सिलवाललाई दज्र्यानी चिह्न प्रदान गरिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
यसअघि सिलवालले द्रुतमार्ग निर्माण अनुगमन समिति अध्यक्ष र सैनिक प्रवक्ताका रुपमा समेत काम गरेको अनुभव सम्हालेका थिए ।

प्रधानसेनापतिले सो अवसरमा महासेनानी दर्जामा पदोन्नति भएका तीनजना प्रमुख सेनानीलाई पनि महासेनानी दर्जाको दज्यानी चिह्न प्रदान गरे ।

प्रकाशित मिति : ११ मंसिर २०८०, सोमबार  २ : ४९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।