२९ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


छोराको आक्रमणपछि बुबाको मृत्यु



रसुवा
१५ मङ्सिर । उत्तरी रसुवामा छोराको आक्रमणपछि बुबाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी प्रमुख सुवास बुडाथोकीका अनुसार गोसाइँकुण्ड गाउँपालिका ५ सानुभार्खु निवासी अन्दाजी ४० वर्षीय गोपाल तामाङले ६५ वर्षे बुबा छेवाङ तामाङलाई लाठीले टाउकोमा हिर्काइ हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको हो ।

निजले मादक पदार्थ सेवन गरेकै कारण बुबालाई कुटपिट गरेको र वृद्धको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
परीक्षणका लागि शव रसुवा अस्पताल पु¥याइएको र छोरालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १५ मंसिर २०८०, शुक्रबार  ७ : ५६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।