१७ मंसिर । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडानका लागि प्रतिक्षारत एक यात्रुको ह्याण्डब्यागमा आगो लागेको छ । चीन उड्न लागेका यात्रुकाे साथमा रहेकाे ह्याण्ड ब्यागमा आगो लागेको हाे ।
एयर चाइनाको विमानबाट चीन जान लागेका ती यात्रु बोर्डिङ पास लिएर विमानमा चढ्नुभन्दा अगाडि वेटिङमा बसिरहेका थिए । साेहि समय एक्कासी उनकाे ह्याण्डब्यागबाट धुँवा आयाे र आगाे लाग्न सुरू भयाे । खासमा उनकाे ह्याणडब्यागभित्र रहेकाे पावर बैंक पड्किएकाे थियाे । जसपश्चात प्रहरीले हस्तक्षेप गरिएकाे थियाे । प्रहरीकाे सहयाेगमा आगो तत्काल निभाइएको थियो । आगो लागेपनि क्षति भने खासै नभएकाे बताइएकाे छ ।
१७ मंसिर २०८०, आइतबार
318
Shares







प्रतिक्रिया