बागलुङ
१७ मंसिर । आफ्नै श्रीमती ५० वर्षीया सितली शाहीको हत्या गरेको अभियोगमा बागलुङ नगरपालिका १३ सल्यान बस्ने हरिसिंह नेपालीलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
हरिले घरायसी विवादको क्रममा कुटपिट गर्दा सिलती गम्भीर घाइते सूचनापछि ईलाका प्रहरी कार्यालय बलेवाबाट खटिएको प्रहरीले उनलाई उपचारको लागि धौलागिरी अस्पताल बागलुङ पठाएका थियो । उपचारको क्रममा उनको मृत्यु भएपछि नेपालीलाई पक्राउ गरिएको थियो ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।







प्रतिक्रिया