सल्यान
२० मंसिर । आफ्नै श्रीमती ४० वर्षीया सितला सार्कीको बन्चरो प्रहार गरी हत्या गरेको अभियोगमा
एक पुरुष पक्राउ परेका छन् ।
प्रहरीका अनुसार जिल्लाको कुमाख गाउँपालिका ३ माथिल्लो उचाल्ने बस्ने ४५ वर्षीय डम्मर सार्कीलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
डम्मरले धारिलो हतियार बन्चरो प्रहार गर्दा सितलाको घटनास्थलमै मृत्यु भएको सूचनापछि जिल्ला प्रहरी कार्यालय सल्यान र प्रहरी चौकी ढोरचौरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।







प्रतिक्रिया