२७ माघ २०८२, सोमबार | Mon Feb 9 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


स्वतन्त्र नेता हर्क भन्छन्, ‘नयाँ शक्ति निर्माण हुनेछ’



ललितखबर
२९ मंसिर । स्वततन्त्र रुपमा धरान उपमहानगरको मेयरमा निर्वाचित नेता तथा मेयर हर्क सम्पाङ राईले नयाँ शक्ति निर्माण हुने बताएका छन् ।
उनले समाजिक सञ्जालमा हतार नगर्न समर्थकलाई सुझाएका छन् ।
पछिल्लो समय उनी राजधानी पुगेर वालेन शाहसँग भेट गरेपछि सो धारणा सर्वाजनिक भएको हो । केही दिनअघि उनी राजधानी आएर काठमाडौं महानगरका मेयर वालेन शाहसँग भेटघाट गरेर लामो संवाद गरेका थिए ।
उनले काठमाडौं आएको बखत एक राष्ट्रिय टेलिभिजनसँग अन्र्तवार्ता पनि दिएका थिए भने प्रधानमन्त्री पुक्ष्पकमल दाहालसँग भेटवार्ता गरेका थिए ।
प्रधानमन्त्रीसँग भेटवार्तापछि केन्द्र र प्रदेश सरकारले आफूले अघि बढाएको योजनामा बजेट दिएर सहयोग गरेकोमा खुशी व्यक्त गरेका थिए ।

 

प्रकाशित मिति : २९ मंसिर २०८०, शुक्रबार  ३ : ३३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।