२९ मंसिर । नक्कली भूटानी शरणार्थी प्रकरणका आरोपी नेपाली कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाँणले काठमाडौं जिल्ला अदालतमा पुगेर धरौटी वापतको रकम अनुसारको बैंक ग्यारेन्टी पेश गरेका छन् ।
खाँणलाई बिहीबार उच्च अदालत पाटनले ३० लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएसँगै प्रक्रिया पुर्याउनका लागि जिल्ला अदालतमा उपस्थित गराइएको हो । खाँणले अदालतमा ३० लाख रुपैयाँको बैंक ग्यारेन्टी बुझाएका हुन् ।
अब सम्पत्ती शुद्धीकरण अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उपस्थित गराएपछि मात्र खाँणलाई छोडिने छ ।








प्रतिक्रिया