९ बैशाख २०८३, बुधबार | Wed Apr 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


मन्त्रीले नै भने,‘गाँजा खेतीलाई वैधानिकता दिनुपछर्, ऐन ल्याउछौं’



गण्डकी
३० मङ्सिर । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दीपेन्द्रबहादुर थापाले गाँजा खेतीलाई वैधानिकता दिनुपर्ने बताएका छन् ।

नेपाली कांग्रेस प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति क्षेत्र नं २ बागलुङको क्षेत्रीय सम्मेलनमा प्रदेश सरकारले गाँजा खेतीसम्बन्धी ऐन ल्याउने तयारी गरिरहेको मन्त्री थापाले बताए ।

“रोजगारी सिर्जना र आर्थिक विकासका लागि गाँजा खेतीलाई वैधानिकता दिनुपर्छ, प्रदेश सरकारले गाँजा खेतीको सम्भाव्यता अध्ययनका लागि समितिसमेत गठन गरेको छ”, मन्त्री थापाले भने, “प्रदेशले गाँजा खेतीसम्बन्धी ऐन बनाउँछ, पछि सङ्घीय ऐन बनेर कानुन बाझियो भने सोहीअनुसार प्रदेश सरकार अगाडि बढ्छ ।”

मन्त्री थापाले घरेलु मदिरालाई पनि गुणस्तर र मापदण्ड कायम गरेर उत्पादन र बजारीकरणलाई खुला गर्नुपर्ने धारणा राखे । उनले वनमा आधारित उद्यम विकास प्रदेश सरकारको प्राथमिकतामा रहेको बताए । उनले विदेशबाट काठ निर्यात गर्नुपर्ने अवस्थाको अन्त्य गरिने उल्लेख गरे ।

जडीबुटी सङ्कलन, प्रशोधन र उत्पादन सहज हुनेगरी ऐन ल्याइएको मन्त्री थापाले बताए । उनले सङ्घीयताको औचित्य पुष्टि गर्नेगरी तीनै तहका सरकारले काम गर्नुपर्ने बताए । मन्त्री थापाले जनताप्रति उत्तरदायी भएर जनप्रतिनिधिले काम गर्नुपर्ने धारणा राखे ।

प्रकाशित मिति : ३० मंसिर २०८०, शनिबार  ४ : ३९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।