२६ माघ २०८२, आइतबार | Mon Feb 9 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


क्रिकेटर सन्दिपको मुद्दा फैसला नगरी ३३औं पल्ट पनि सर्यो



८ पुस । क्रिकेटर सन्दिप लामिछानेको बलत्कारको मुद्दा फैसला नगरी ३३ औपल्ट पनि सरेको छ ।

क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’ मा परेको हो। फैसला नगरी पन्छाइँदै आएको उनको मुद्दा अहिलेसम्म ३३ पटक पेसी चढिसकेको छ । २०७९ भदौमा लामिछाने विरुद्ध नाबालिका बलात्कारको आरोप लागेको थियो ।

आइतबार न्यायाधीश शिशिरराज ढकालको इजलासमा उनीविरुद्धको मुद्दामा सुनुवाइ भए पनि सुनुवाइ नसकिएपछि ‘हेर्दाहेर्दै’ मा राख्ने आदेश भएको हो । सन्दीपविरुद्धको मुद्दामाथि सोमबार पनि न्यायाधीश ढकालकै इजालसमा सुनुवाइ हुने छ ।

यो मुद्दामा पटक पटक स्थगन र कागजात झिकाउने आदेश हुँदै आएको छ ।

प्रकाशित मिति : ८ पुस २०८०, आइतबार  ११ : ४३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।