१० पुस । श्रीमतीलाई बिजुलीको पोलमा बाँधेर तीन दिनसम्म कुटपिट गरेका सन्तोष थापासहित सातजनालाई प्रहरीले पक्राउ गरेको छ ।
सिन्धुलीको कमलामाई नगरपालिका– ४ ढकाल गाउँकी शारदा थापालाई बिजुलीको पोलमा बाँधेर अमानवीय तरिकाले कुटपिट गर्ने श्रीमान सन्तोषसहित ७ जनलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार लेनदेनको विषयमा विवाद हुँदा श्रीमान् सन्तोष थापाले श्रीमती शारदालाई कुटपिट गरेका हुन् । आइतबार अपराह्न साढे ४ बजे प्रहरी घटनास्थलमा पुगेर प्रहरीले शारदाको उद्धार गरेको थियो। कुटपिटबाट शारदाको शरीरमा निलडाम भएका छन् ।
शारदा आफ्ना छोरासँग काठमाडौंमै बस्दै आएकी थिइन्। उनले श्रीमान सन्तोषसँग डिभोर्स गर्ने तयारी गरिरहेकी थिइन्।








प्रतिक्रिया