२३ भाद्र २०८१, आइतबार | Sun Sep 8 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


बैंकिङ कारोवारमा ठगी गर्ने तीन वर्षपछि एक ब्यक्ति पक्राउ


२० कार्तिक २०७६, बुधबार  

0
Shares

२० कार्तिक ०७६ चितवन । बैंकिङ कारोवारका नाममा ठगी गर्ने एक व्यक्ति तीन वर्षपछि पक्राउ परेका छन् । काठमाडौँ साङ्ला घर भई हाल चितवन बस्दै आएका रवीन्द्र अधिकारीलाई आज प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी० को टोलीले चितवनबाट पक्राउ गरेको हो ।

जिल्ला अदालत काठमाडौँको २०७३ असोजको फैसलाअनुसार बैंकिङ कारोवारका नाममा ठगी गरेकामा दोषी ठहर गर्दै अधिकारीलाई एक वर्ष कैद र रु २६ लाख ७५ हजार जरिवाना हुने फैसला सुनाएको थियो । फरार रहेका अधिकारीलाई पक्राउ गरीे जिल्ला अदालत चितवनमा पेश गरिएकामा आजै अदालतले कैद भुक्तानका लागि भरतपुर कारागार चलान गरेको सिआइबीका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिनुभयो ।

अधिकारीले काठमाडौँको गोङ्गबुमा आफू सचिव बनेर बचत तथा मुद्दती खातामा आकर्षक व्याज दिन्छु भनी बैंकिङ कारोवार सञ्चालन गरेका थिए । केही व्यक्तिसँग मिलेर उनले नेपाल राष्ट्र बैंकबाट स्वीकृति नलिई निक्षेप सङ्कलन तथा कर्जा प्रवाह गरेको तथा निक्षेप भुक्तानी दिन नसकी कार्यालय बन्द गरी भागेपछि जाहेरी परेको थियो ।

प्रकाशित मिति : २० कार्तिक २०७६, बुधबार  ९ : २९ बजे