१७ पुस । पछिल्लो समय देशैभरि भागवत कथा वाचन र महायज्ञ आयोजना भइरहेका छन् । विभिन्न मठमन्दिर र धार्मिक स्थलको संरक्षण र विकासका लागि यज्ञ लगाएर सहयोग संकलन गरिन्छ र धार्मिक एवं पर्यटकीय स्थलमा धेरै काम भइरहेका छन् ।
यस्तै भागवत महायज्ञको वाचक वालयोगेश्वर विजयमूर्ति महाराजले महायज्ञमा कथावाचन मात्रै होइन महायज्ञ आयोजना गरेर सहयोग जुटाइरहेका छन् ।
भक्तपुरका छोरीको घर र ललितपुरमा मामाघर अनाथालय सञ्चालन गरेर दिनदुःखीलाई हेरचाह गरिरहेका विजयमूर्ति महाराजले पछिल्लो समय अर्को धार्मिक अनुष्ठानमा पुगेर दान गरेको खबर सार्वजनिक भएको छविजयमूर्ति महाराजले धार्मिक जागरण र संरक्षणका लागि काम गर्दै आएकी राधिका दासीद्वारा राधिका फाउण्डेसनको शाखा कार्यालय स्थापनार्थ सञ्चालित श्रीमद् भागवत धनधान्याञ्चल ज्ञान महायज्ञमा पुगेर पनि आर्थिक सहयोग गरेका छन ।
फाउण्डेसनको शाखा कार्यालय स्थापनार्थ भनेर नगद रु २ लाख ५१ हजार १५१ सहयोग गरेको फाउण्डेसनले जानकारी दिएको छ ।
चर्चित कथा वाचिका राधिका दासले बर्दिया जिल्लाको ओम केदारेश्वर धाम परिसर बासँगढीमा गत पौष १० देखि १६ गते सम्म महायज्ञको आयोजना गरेकी थिइन ।








प्रतिक्रिया