२६ माघ २०८२, आइतबार | Mon Feb 9 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


मन्त्री सुदन किराँतीले आफ्नो पुतला जलाएकोमा आक्रोश व्यक्त गर्दै भने,‘थुक्क देश’



ललित खबर संवाददाता

१७ पुस । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले आफ्नो पुतला जलाएकोमा आक्रोश व्यक्त गरेका छन् । मंगलबार काठमाडौँमा यश कुरारको म्युजिक भिडियो ‘तिमी छौ र त’ सार्वजनिक कार्यक्रममा उनले ‘थुक्क देश’ भन्दै आक्रोश व्यक्त गरे ।

देशैभरी आफ्नो विरोध गर्दै पुत्ला जलाइएको भन्दै उनले पुत्ला लगाउनेहरुले नै आफ्ना बच्चाहरुलाई क्रिष्टियनले पढाउने स्कुलमा पठाएका, क्रिष्टियनकै संस्कृति अवलम्बन गर्दै केक काट्ने, विदेश जाने गरेको बताए । आफ्नो राजीनामा मागेकोप्रति आक्रोश व्यक्त गरेका हुन् । उनले संविधानको व्याख्या गर्दा राजीनामा दिनुपर्ने हो भन्दै प्रश्न गरे ।

उनले राजतन्त्रप्रति इंगित गर्दै अहिले जानेर वा नजानेर मानिसहरुले पुरानो व्यवस्थालाई नै ल्याउन खोजेको बताए । उनले नेपाली समाज र मान्ने वा नमान्ने अर्को पाटो रहेको बताए । मन्त्री किराँतीले आफ्नो निधारमा मन्त्रीको छाप नरहेको र राजीनामा दिन आफू सधैँ तयार रहेको बताए । उनले आफ्नो लागि धर्म नेपाली, मन्दिर देश र भगवान् जनता भएको बताए ।

मन्त्री किराँतीले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङप्रति लक्षित गर्दै नयाँ खोज्ने नाममा राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाइएको बताए । उनले भावनामा आएर मात्रै देश नचल्ने बताए । मेयर साम्पाङप्रति लक्षित गर्दै उनले मेयरको कार्यालयमा राजाको फोटो झुण्ड्याइएको भन्दै यसरी समाज कता जान्छ भन्दै प्रश्न गरे ।

मन्त्री किराँतीले आफूलाई पशुपति विरोधी नै बनाउनेहरुले पशुपतिकै नाम जपेर आफ्नो राजीनामा मागेपनि अन्ततः हारेको बताए । उनले पशुपतिनाथको आफूले धेरै सेवा गरेको भन्दै पशुपतिनाथ भगवान् नै रहेको बताए ।

प्रकाशित मिति : १७ पुस २०८०, मंगलबार  १ : ४४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।