१० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


झुक्याएर मृगौला झिकेको आरोपमा हरी दर्जी पक्राउ



काठमाडौं
१८ पुस । एक पिडितलाई भारतको कलकत्तामा मःम पसलमा मासिक ३० हजार भारतीय रूपैयाँ तलबमा काममा लगाईदिने लगेर भन्दै मृगौला झिकी अरुकै सरिरमा प्रत्यारोपणमा संलग्न रहेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् ।
प्रहरीका अनुसार मानव अंग मृगौला बेचबिखन गर्ने कार्यमा संलग्न रही फरार रहेका अभियुक्त नुवाकोट बेलकोटगढी नागरपालिका १३ ठेगाना भएका ४३ वर्षीय हरी नेपाली भन्ने हरी दर्जीलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।
पीडितलाई प्रलोभन देखाई नुवाकोटबाट काकडभिट्टा हुँदै भारत कलकत्ता पु¥याई पीडितलाई झुक्याई अस्पताल लगि बेहोस पारी मानव अंग मृगौला झिकी अर्कै व्यक्तिलाई प्रत्यारोपण गरेको घटनामा संलग्न रही फरार रहेका दर्जीलाई मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ ।
।
उनी उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा ७ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

 

प्रकाशित मिति : १८ पुस २०८०, बुधबार  ७ : ०९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।