२६ माघ २०८२, आइतबार | Sun Feb 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


तपस्वी रामबहादुर बम्जनको साथबाट ३ करोड रुपैयाँभन्दा बढी नगद बरामद



काठमाडौं
२५ पुस । हत्या, बलात्कारजस्ता आरोपमा पक्राउ परेका तपस्वी रामबहादुर बम्जनको साथबाट प्रहरीले ३ करोड रुपैयाँभन्दा बढी नगद बरामद गरेको छ ।
प्रहरीका अनुसार पक्राउका लागि प्रहरीले खोजी गरिरहेको सूचनापछि लुकीछिपी बुढानीलकण्ठमा बसीरहेका उनको साथबाट प्रहरीले ३ करोड रुपैयाँभन्दा बढी नगद बरामद गरेको हो ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबीले) का प्रमुख किरण बज्राचार्य का अनुसार बुढानीलकण्ठस्थित बम्जनको घरबाट ३ करोड ३ लाख ७५ हजार रुपैयाँ बरामद गरिएको छ ।
उनको साथबाट विदेशी मुद्रा पनि बरामद भएको उनको भनाई छ । उनको साथबाछ १५ वटा मोबाइल, ल्यापटप र ३० भन्दा बढी पेन ड्राइभ पनि बरामद गरिएको छ ।
बाराको जंगलमा तपस्या गरेर लामो समय बसेका लिटिल बुद्ध उपनामले परिचित बमजन मङ्गलवार साँझ पक्राउ परेका थिए । उनलाई नयाँ बुद्धको रुपमा अनुयानीहरुले पुज्ने गरेका थिए । सीआईबीले बमजनलाई आज अदालतबाट म्याद थप गर्ने तयारी भइरहेको छ ।

 

प्रकाशित मिति : २५ पुस २०८०, बुधबार  ३ : ४५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।