२६ माघ २०८२, आइतबार | Sun Feb 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


बम्जनलाई प्रहरीले गर्‍यो सार्वजनिक, सर्लाही जिल्ला अदालतमा पेश गरिने



२५ पुस । : मंगलबार पक्राउ परेका रामबहादुर बम्जनलाई बुधबार सर्लाही लगिने भएको छ । केन्द्रीय अनुसन्धान ब्यूरो सीआइबीले बुधबार पत्रकार सम्मेलनमार्फत बम्जनलाई सार्वजनिक गर्दै जिल्ला अदालतमा उपस्थित गराउन उनलाई आजै सर्लाही लैजान लागिएको जनाएको छ । २०७६ सालमा सर्लाहीमा एक नाबालिका बलात्कारको आरोप लागेदेखि उनी प्रहरीको खोजीमा रहेका थिए ।

सिआइबीका एसएसपी दिनेश आचार्यले उनलाई मंगलबार बेलुकी काठमाडौंको हात्तीगौंडाबाट पक्राउ गरिएको जानकारी दिए । उनको घरबाट ३ करोड ३ लाख ७५ हजार ५ सय नेपाली रुपैयाँ र विभिन्न १७ देशका ३० लाख ९२ हजार ४०६ रुपैयाँ बराबरको विदेशी मुद्रा बरामद भएको एसएसपी आचार्यले बताए । यो पैसामाथि अनुसन्धान भइरहेको उनले बताए । उनको साथबाट प्रहरीले मोबाइलमात्रै १४ थान बरामद गरेको छ ।

सीआईबीले बम्जन चढ्ने गाडी र मोटरसाइकल पनि बरामद गरेको छ । ती गाडी र मोटरसाइकल विभिन्न व्यक्तीका नाममा रहेका छन् । प्रहरीका अनुसार बमजन ५ करोडको ल्यान्ड क्रुजर चढ्ने तयारीमा थिए । त्यसका लागि धुम्बाराहीस्थित युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिमा ३ करोड रुपैयाँ नगदै भुक्तानी गरी खरिद प्रक्रियामा रहेको सीआईबीका एसएसपी आचार्यले जानकारी दिए । प्रहरीले बमजनका लागि हाल प्रयोगमा रहेको टोयटा फर्च्युनर बरामद गरेको छ । यस्तै क्रस फायर, केटिएम डुक, यमाहा रे जेआर स्कुटरलगायत पनि बरामद गरेको छ ।

प्रकाशित मिति : २५ पुस २०८०, बुधबार  ९ : ५० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।