१० बैशाख २०८३, बिहिबार | Thu Apr 23 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


रुस-युक्रेन युद्धमा लमजुङका साजनको मृत्यु, ज्यान गुमाउने नेपालीको संख्या १२ पुग्यो



२ माघ । रुसी सेनामा भर्ती भएका लमजुङका एक युवकको मृत्यु भएको छ । लमजुङका साजन गुरुङले केही हप्ताअघि रुस–युक्रेन युद्धमा ज्यान गुमाएका हुन्।

लमजुङको दुधपोखरी गाउँपालिका वाईसीएलका अध्यक्ष गुरुङको रुस-युक्रेन युद्धमा मृत्यु भएको वाईसीएलका केन्द्रीय सचिव एवं माओवादी केन्द्रका जिल्ला सचिव सुनिल सुनार ले जानकारी दिए।

मृतक गुरुङसँगै रुसी सेनामा पुगेका साथीहरुले उनका भाइ कुमार गुरुङलाई उक्त खबर पठाएका थिए । जर्मनीमा रहेका भाइ कुमारले दाइको मृत्युको खबर घर पठाएपछि परिवारले पुस २९ गते क्रियाकर्म समेत गरिसकेका छन् ।

साजन वैदेशिक रोजगारीका लागि भन्दै गत भदौ पहिलो हप्ता विदेश उडेका थिए। साजनसमेत गरी रुस-युक्रेन युद्धमा ज्यान गुमाउने नेपालीको संख्या १२ पुगेको छ।

प्रकाशित मिति : २ माघ २०८०, मंगलबार  १२ : १५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।