सिमकोट, (हुम्ला)
४ माघ । चीनको स्वशासित क्षेत्र तिब्बतको ताक्लाकोटमा एक नेपालीको मृत्यु भएको छ । डोटीको जोरायल गाउँपालिका २ घर भएका ५५ वर्षीय वीरबहादुर थापा यस ठाँउमा होटल सञ्चालन गर्दै आएका थिए ।
हृदयघातका कारण माघ २ गते मृत्यु भएका उनको शव आज हिल्सा हेलिकोप्टरमार्फत ल्याइएको निजका आफन्त कुमार भण्डारीले बताए ।
हुम्लाबाट नेपालगञ्ज हुँदै निजको शव डोटी पुर्याइने भण्डारीले जानकारी दिए ।








प्रतिक्रिया