२६ माघ २०८२, आइतबार | Sun Feb 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


धनगढीका व्यापारी अग्रवाल घरको पाँचौ तलाबाट हामफाले, उपचारको क्रममा मृत्यु



१० माघ । धनगढीका एक व्यापारीले घरबाट हाम फालेर आत्महत्या गरेका छन् । धनगढी बसपार्कस्थित सन्दीप स्टोरका सञ्चालक ५३ वर्षीय सन्तोष अग्रवालले आफ्नै घरको ५ तलाबाट हाम फालेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनले शृङ्गारको व्यवसाय सञ्चालन गर्दै आएका थिए ।

बुधबार बिहान करिब सवा ११ बजे घरको पाँचौ तलाबाट हाम फालेपछि घाइते भएका अग्रवाललाई उपचारका लागि अस्पताल लगिएको थियो । नवजीवन अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो । शव पोस्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल लगिएको छ।

उनले आत्महत्या गर्नुको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १० माघ २०८०, बुधबार  ९ : १७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।