२६ माघ २०८२, आइतबार | Sun Feb 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


बालकुमारी घटनामा मारिएका दुई युवाको परिवारसहित २७ जनालाई सरकारले दियो १ करोड १७ लाख राहत



११ माघ । बालकुमारी घटनामा मारिएका दुई युवासहित सरकारले एकै महिनामा १ करोड १७ लाख रुपैयाँ आर्थिक सहायता बाँडेको छ । यसअनुसार विभिन्न व्यक्ति तथा परिवारले उक्त सहायता लिएको अर्थ मन्त्रालयले जनाएको छ । मन्त्रिपरिषदको विभिनन मितिमा भएको निर्णयअनुसार उक्त रकम बाँडिएको मन्त्रालयको भनाइ छ ।
यसै अन्तर्गत सरकारले बालकुमारी घटनामा मारिएका दुई युवकको परिवारलाई १०÷१० लाख रुपैयाँ राहत दिएको छ । मन्त्रिपरिषद्को १४ पुसको निर्णयअनुसार दैलेखका सुजन राउत र अछामका वीरेन्द्र शाहको परिवारलाई १०÷१० लाख रुपैयाँ प्रदान गरिएको हो ।
सरकारले गत पुसमा मात्र १ करोड १७ लाख रुपैयाँ सहायता वितरण गरेको छ । १३ पुसका दिन रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा सम्बन्धित विवादमा भएको प्रदर्शनका क्रममा प्रहरीको बल प्रयोगबाट ती दुई युवाको मृत्यु भएको थियो ।
सोही घटनामा भौतिक योजना तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीसमेत जलाइएको थियो । घटनापछि सरकारले मृतकका परिवारलाई १०÷१० लाख रुपैयाँ राहत दिने निर्णय गरेको थियो ।
पानीजहाज निर्माणको कामका लागि कोरियाली भाषा परीक्षा दिएर अनुत्तीर्ण भएकाले उत्पादनमूलक कामका लागि हुने भाषा परीक्षामा सहभागी हुन पाउनु पर्ने माग गर्दै आन्दोलन गरेका थिए ।

 

प्रकाशित मिति : ११ माघ २०८०, बिहिबार  ९ : १० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।