२६ माघ २०८२, आइतबार | Sun Feb 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


सबै अन्तर्राष्ट्रिय विमानस्थलाई पीपीपी मोडेलमा सञ्चालन गरिने



१८ माघ । सरकारले काठमाडौं पोखरा, भैरहवा र पूर्ण क्षमताको बारामा निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने सर्तसहित सार्वजनिक निजी साझेदारी (पीपीपी)मोडेलमा संचलान गर्ने बारे अध्ययन समिति गठन गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रस्तावलाई स्विकृति दिएको हो । विमानस्थल बारे अध्ययनका लागि पूर्वसचिव शंकरप्रसाद अधिकारीको संयोजकत्वमा लगानी विज्ञ घनश्याम ओझा, हवाई महाशाखा प्रमुख बुद्धिसागर लामिछाने, लगानीबोर्डका सहसचिव र सदस्य सचिव नागरिक उड्डयन प्राधिकरणका उपनिर्देशक दिपेन्द्र श्रेष्ठसहि पाँच सदस्यीय अध्ययन समिति बनाएको छ ।

वायुसेवा निगम व्यवस्थापन करारमा दिन अध्ययन समिति
सरकारले वायुसेवा निगममाथि अर्को समिति गठन गरेको छ । मन्त्रिपरिषदले वायुसेवा निगम करार व्यवस्थापनका लागि पूर्वयोजना आयोगको उपाध्यक्ष दिपेन्द्रबहादुर क्षेत्रीको संयोजकत्वमा, व्यवस्थापन विज्ञ टिकराम राई, पर्यटन विभागका महानिर्देशक चक्रबहादुर बुढा, अर्थ मन्त्रालयको प्रतिनिधि र वायुसेवा निगम अर्थ विभाग प्रमुख सदस्यसहितको ५ जनाको समिति तयार गरिएको छ ।

समितिलाई ४५ दिनको समय अवधि दिइएको छ । यससँगै तत्काल भरतपुर विमानस्थल विस्तारका लागि नेपाली सेनाले जग्गा उपलब्ध गराउनुपर्ने र भत्किएको संरचना नागरिक उड्डयन प्राधिकरणले निर्माण गर्ने, घोडा नयाँ व्रिडिङ सेन्टरका लागि नेपाली सेनालाई शक्तिखोरमा जग्गा उपलब्ध गराउने र खर्च हुने संभावित रकम सरकारले व्यवस्था गर्ने निर्णय समेत गरेको छ ।

प्रकाशित मिति : १८ माघ २०८०, बिहिबार  १ : ५९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।