२६ माघ २०८२, आइतबार | Sun Feb 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


मेलम्चीसहित २१ वटा आयोजनामा दबाब दिन रास्वपाले पैदल यात्रा गर्ने



१८ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अलपत्र आयोजनाहरूमा दबाब यात्रा गर्ने भएको छ। यही माघ २१ गते सभापति रवि लामिछानेले मेलम्चीसहित आयोजनाहरू अलपत्र रहेको भन्दै निर्माण पूरा गराउन दबाब दिन पैदल यात्रा गर्न लागेका हुन् ।

माघ २१ गते मेलम्ची खानेपानी आयोजनामा दबाब यात्रा हुने रास्वपाले जनाएको छ। सातै प्रदेशमा तीन वटाका दरले आयोजनाहरूमा दबाब यात्रा हुनेछ। त्यसका लागि सांसदहरूलाई जिम्मेवारी दिइएको छ।

सभापति लामिछानेसहितले नारायणगढ-पुल्चोक-गोन्द्राङ सडकमा दबाब यात्रा गर्नेछन्। उपसभापति डिपी अर्यालले काठमाण्डु-मधेस द्रुतमार्ग र अर्का उपसभापति स्वर्णिम वाग्लेले घुमाउने पुल र सडक स्तरोन्नति योजनामा दबाब यात्रा गर्ने भएका छन्। रास्वपाले गत पुस ९ देखि ११ गतेसम्म नारायणगढ-बुटवल ११३ किमी सडकमा दबाब यात्रा गरेको थियो।

प्रकाशित मिति : १८ माघ २०८०, बिहिबार  २ : २७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।