२४ असार २०८३, बुधबार | Wed Jul 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


दरबारमार्गबाट अनलाइनमार्फत जुवातास खेलाउने तीन जना करोडभन्दा धेरै नगदसहित पक्राउ



काठमाडौँ
१९ माघ । नेपाल प्रहरीले अनलाइनमार्फत जुवातास खेलाउन तीन जना करोडभन्दा धेरै रकमसहित तीन जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँ महानगरपालिका १ दरबारमार्गस्थित क्यासिनो प्यालेसको अण्डरग्राउण्डमा अनलाइनमार्फत जुवा खेलाउने र विदेशी मुद्रा कारोबार गरेको आरोपमा तीन भारतीय नागरिकलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा भारत पञ्जावका ३२ वर्षीय रिसव पावा, भारतको सिद्धार्थ पोष्टमौका ५२ वर्षीय गुलाव सिंह र भारत विकासपुरीका ३९ वर्षीय गौरव सिंह छन् ।
परिसरका सूचना अधिकारी एव प्रहरी नायब उपरीक्षक (डिएसपी) अनिल अधिकारीले नेपालको कानुनले बन्देज गरेको अवैध जुवा र नेपाल राष्ट्र बैंक ऐन, २०५८ विपरीत विदेशी तथा स्वदेशी मुद्राको वित्तीय कारोबार गर्ने गरेको अभियोगमा उनीहरूलाई पक्राउ गरिएको जानकारी दिएका छन् ।

पक्राउ परेकासँग प्रहरीले अवैध अनलाइन जुवा खेलाउने विद्युतीय उपकरण, तास, कागजात, ठूलो मात्रामा स्वदेशी तथा विदेशी मुद्रा बरामदसमेत गरेको छ ।
उनीहरूसँग प्रहरीले रु एक करोड नौ लाख चार सय ४५ बरामद गरेको छ भने तीन थान ल्यापटप, सात थान कम्युटर बरामद गरेको छ । पक्राउ परेका तीनैजनालाई काठमाडौँ जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान गरिएको प्रहरी नायब उपरीक्षक अधिकारीले बताए ।

प्रकाशित मिति : १९ माघ २०८०, शुक्रबार  ३ : ०३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।