२६ माघ २०८२, आइतबार | Sun Feb 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


मध्यरातमा आगलागी, जलेर दाजु र बहिनीको दुखद मृत्यु



मुगु
२२ माघ । मुगुमा आइतबार मध्यराती भएको आगलागीमा परेर दाजुर बहिनीको मृत्यु भएको छ ।
प्रहरीका अनुसार मुगुको खत्याड गाउँपालिका २ गाडेखोला बस्ने ३० वर्षीया सरस्वती सन्ज्यालको छोरा १४ वर्षीय बिशाल सन्ज्याल र छोरी १२ वर्षीया झरना सन्ज्यालको आगलागीमा जलेर गएराति मृत्यु भएको छ ।
सरस्वतीले आफ्नै जस्तापाताले छाएको कच्ची घरको भुई कोठामा आगो बाली सुतीरहेको अवस्थामा आगलागी भएको तथा घरभित्र रहेका उनको छोरा÷छोरी फेला नपरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय रातापानी तथा प्रहरी चौकी श्रीकोटरोल समेतबाट खटिएको प्रहरीले स्थानीय बासिन्दाको सहयोग आगलागी निभ्याउने क्रममा दुवै जनाको शव फेला पारेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २२ माघ २०८०, सोमबार  २ : ०४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।