२६ माघ २०८२, आइतबार | Sun Feb 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


ललिता निवास जग्गा प्रकरणमा कर्मचारी र बिचौलीयासहित १२ जना दोषी ठहर



३ फागुन । ललिता निवास जग्गा प्रकरणमा कर्मचारी र बिचौलीयासहित १२ जना दोषी ठहर भएका छन् । विशेष अदालतले बिहीबार फैला सनाउँदै उनीहरु दोषी हुने ठहर गरेको हो ।

विशेष अदालतका सदस्यहरु डा. खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले सरकारी जग्गा व्यक्तिको नाममा लैजान कर्मचारी र बिचौलीयाले मिलेमतो गरेको भन्दै उनीहरुलाई दोषी ठहर गरेको हो ।

दोषी ठहर हुनेहरुमा तत्कालिन सचिव छविराज पन्त र दीप बस्न्यात रहेका छन्। दोषी ठहर हुने अन्य प्रतिवादीहरुमा रामकुमार सुवेदी, शोभाकान्त ढकाल, प्रेमबहादुर खापुङ, अजुन खतिवा, शंकर सुवेदी, अंगुर सिग्लेन, केदारप्रसाद श्रेष्ठ, हरिकृष्ण तिमिल्सिना, परशुराम पोखरेल, कृष्ण पौडेल र टंक भट्ट रहेका छन्।

विशेष अदालतले उनीहरुलाई २ वर्ष कैद र दामासाहीमा ९ करोड ६५ लाख रुपैयाँ विगो जफत हुने फैलास गरको हो। ललिता निवासको जग्गा किनेका जग्गाधनीहरुको जमिन जफत हुने भएको छ। अदालतको आदेश सुनाउँदै विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले ६५ जनाको जग्गा सफत हुने भएको हो । तर, उनीहरुमाथि कुनै सजाय भने हुने छैन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवासको ११३ रोपनी सरकारी जग्गा व्यक्तिको बनाएको विषयमा २२ माघ २०७६ मा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो। अख्तियारले ४ पूर्वमन्त्री र ३ पूर्व सचिव सहित १७५ जनालाई प्रतिवादी बनाएको थियो। तर, मन्त्री र सचिवहरुले भने यसमा उन्मुक्ति पाएका छन्।

प्रकाशित मिति : ३ फाल्गुन २०८०, बिहिबार  २ : ३२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।