२६ माघ २०८२, आइतबार | Sun Feb 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


गोदावरीको सनराइज सम्मेलन केन्द्रमा कांग्रेस महासमिति बैठक, दुई हजार एक सय पाँचजना सहभागी हुँदै



पाटन
६ फागुन । आजदेखि ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा नेपाली कांग्रेस महासमिति बैठक सुरु हुँदैछ ।
पार्टी सभापति शेरबहादुर देउवाले बैठकको उद्घाटन अपराह्न गर्ने कार्यक्रम छ ।
बैठकमा भाग लिन देशभरबाट दुई हजार एक सय पाँचजना सहभागी हुने छन् ।
ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा पार्टीका केन्द्रीय सूचना, सञ्चार तथा  प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले बैठकको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए ।
“वर्तमान केन्द्रीय समितिका पदाधिकारी तथा केन्द्रीय सदस्यहरु एक सय ६५, प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व हुने महासमिति सदस्यहरु एक हजार सात सय ८०, नेपाली जनसम्पर्क समितिबाट ८९, भ्रातृ तथा शुभेच्छुक संस्थाहरुबाट ६९ र महासमितिका सदस्य नरहेका प्रदेश कार्यसमितिका सभापति, जिल्ला कार्यसमितिका सभापति र भ्रातृ सङ्घ तथा शुभेच्छुक संस्थाका केन्द्रीय अध्यक्षहरूलाई महासमिति बैठकमा आमन्त्रित सदस्यका रुपमा सहभागी गराइने छ,” विभाग प्रमुख विश्वकर्माले भने ।
बैठकमा यही फागुन ४ गते सम्पन्न केन्द्रीय कार्यसमिति बैठकबाट अनुमोदन भएका प्रतिवेदनमा छलफल हुनेछ ।
पुर्वप्रधानमन्त्री केपी शर्मा ओलिको कार्यकालमा निर्माण भएको यो सम्मेलन केन्द्रमा निरन्तर ठूला कार्यक्रम भइरहेका छन् । सम्मेलन केन्द्र सञ्चालन आएपछि गोदावरीको आन्तरिक पर्यटकहरुको चहलपहल बढेको छ ।
महासमिती बैठकका लागि गोदावरी सडक पार्टीको झण्डा र स्वागतद्वार निर्माण गरेर झकिझकाउ गरिएको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०८०, सोमबार  १२ : ५७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।