२६ माघ २०८२, आइतबार | Sun Feb 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


पाँच वर्षीया छोरी र आफ्नो शरीरमा पेट्रोल छर्केर आगो लगाउने महिलाको मृत्यु



बनियानी (झापा)
९ फागुन । गत शुक्रबार आत्मदाहको प्रयास गरेकी झापाको बुद्धशान्ति गाउँपालिका २ गोपालडाँडा घलेगाउँकी महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।

आफ्नो र पाँच वर्षीया छोरीको शरीरमा पेट्रोल छर्केर आगो लगाउँदा गम्भीर घाइते भएकी २८ वर्षीया माया रम्तेलको आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डीराज गिरीले बताएका छन् । निजकी छोरीको सोही दिन उपचारका क्रममा मृत्यु भएको थियो ।

फागुन ५ गते आफ्ना श्रीमान् राजन विश्वकर्मा परस्त्रीसँग लागेकाले बाध्य भएर आत्महत्याको बाटो रोज्नुपरेको ‘सुसाइड नोट’ प्रहरीले फेला परेको थियो ।
मायाका श्रीमान्लाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कानुनी कारबाही थालेको प्रहरी निरीक्षक गिरीले बताए ।

प्रकाशित मिति : ९ फाल्गुन २०८०, बुधबार  ५ : ५७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।