२६ माघ २०८२, आइतबार | Sun Feb 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


प्रधानमन्त्री निवासमा बैठक बसेर मिटर ब्याज पीडितहरूको समस्या समाधान गर्न सरकारलाई अनुरोध गर्ने निर्णय



१३ फागुन । प्रधानमन्त्री कार्यालयमा बैठक बसेको समाजवादी मोर्चाको बैठकले मिटर ब्याज पीडितहरूको समस्या समाधान गर्न सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ ।
शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा महासचिव विप्लव सीको अध्यक्षतामा बसेको बैठकले समाजवादी मोर्चाले सो निर्णय गरेको हो ।
सरकारमा बसेका दलहरुसमेत सम्मिलित मोर्चाले नाराहरू सडकमाच भित्ते लेखन गर्ने समेत गर्ने निर्णय गरेको छ ।
नेकपा मशालसहित वामपन्थीहरूलाई समाजवादी मोर्चाको विस्तारका लागि पत्रचार गर्ने,ाठमाडौंसहित प्रदेश सदरमुकाममा अन्तरक्रिया गर्ने र समाजवादी मोर्चाको मुखपत्र प्रकाशन गर्ने निर्णय गरेको हो ।
बैठकमा प्रधानमन्त्री प्रचण्डसहित सबै पार्टीका शिर्ष नेताहरू र नेकपाको तर्फबाट महासचिव विप्लवसहित स्थायी समिति सदस्य विषम् सी, शिलु सीको उपस्थिति रहेको थियो ।
मोर्चाको फागुन ६ गते बसेको बैठकले विप्लवलाई समाजवादी मोर्चाको संयोजक बनाउने निर्णय गरेको थियो ।

प्रकाशित मिति : १३ फाल्गुन २०८०, आइतबार  ३ : १५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।