१३ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापाको बालुवाटार भनेर चिनिएको दमक नगरपालिका वडा नं. १३ र १४ मा रहेको सरकार जग्गा हडप्नेहरुविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।
अख्तियार प्रवक्ता नरहरि घिमिरेका अनुसार २९ विगाहा १७ कठ्ठा ४ धुर जग्गा व्यक्तिको नाममा लैजाने १७२ जनाविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर भएको हो ।
मुद्दा दायर हुनेहरुमा अधिकांश नापी कार्यालय झापाका कर्मचारी रहेका छन् । हाल उक्त जग्गाको बजार भाउ करिब ३४ करोड ६६ लाख ५४ हजार ८ सय ४९ रुपैयाँ हुन आउने अख्तियारको भनाइ छ ।
सरकारी जग्गा हिनामिनामा संलग्नहरुविरुद्ध अख्तियारले भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार कैद र बिगो बमोजिमको जरिवानाको सजाय गरी बिगो असुल उपरको मागदावीसहित मुद्दा दायर गरेको हो ।








प्रतिक्रिया