२३ फागुन । रघुवीर महासेठको नेतृत्वमा एमालेले सरकारमा सहभागी हुने भएको छ। महासेठले उपप्रधानसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको नेतृत्व गर्ने तयारी छ।
यसअघि एमालेले विष्णु पौडेल सरकारको नेतृत्व गरेर जाने तयारी गरे पनि गृह र अर्थ मन्त्रालय नपाउने भएपछि एमाले भौतिक पूर्वाधार लिएर रघुवीरलाई पठाउने निर्णय गरेको हो।
यस्तै, ज्वालाकुमारी साह, राजेन्द्रकुमार राई, दामोदर भण्डारी, बलराम अधिकारी, हरि उप्रेती र भगवती चौधरी पनि मन्त्री बन्ने भएका छन्। एमालेबाट यसअघि नै पदम गिरी विनाविभागीय मन्त्री बनिसकेका छन्।
नेकपा माओवादीका तीन पुरानै मन्त्रीले निरन्तरता पाउने भएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहालल नारायणकाजी श्रेष्ठ, शक्तिबहादुर बस्नेत र रेखा शर्माले निरन्तरता पाउने भएका हुन्।
गृहमन्त्रालय रास्वपाको भागमा परेका नारायाणकाजीले पररास्ट्र मन्त्रालयको जिम्मेवारी पाउनेछन् भने शक्तिले उर्जा र रेखाले सञ्चारमै निरन्तरता पाउने सम्भावनाप प्रवल छ।
यसअघि पर्यटनमन्त्री रहेका सुदन किराती भने यो पटक दोहोरिने छैनन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारमा सहभागी हुने मन्त्रीको टुंगो लगाएको छ।
जसअनुसार गृह मन्त्रालयमा सभापति रवि लामिछाने, श्रममा उपसभापति डीपी अर्याल, युवा तथा खेलकुदमा विराजभक्त श्रेष्ठ र शिक्षामा सुमना श्रेष्ठलाई पठाउने भएको हो।
यता एमालेले रघुविर महासेठको नेतृत्वमा सरकारमा पठाउने भएको छ । एमालेबाट एक राज्यमन्त्रीसहित ८ मन्त्री बन्ने भएका छन् । यसअघि पदम गिरी मन्त्री भइसकेका छन्।








प्रतिक्रिया