११ बैशाख २०८३, शुक्रबार | Fri Apr 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


सर्वोच्च अदालतमा हतियारसहित प्रवेश गरेका एक व्यक्ति पक्राउ



५ चैत । सर्वोच्च अदालत परिसरमा आज दिउँसो हतियारसहित प्रवेश गरेका एक व्यक्ति पक्राउ परेका छन्।

पक्राउ परेका व्यक्ति झापाको बुद्धशान्ति गाउँपालिका-३ का दीपक खड्का रहेकाे जनाइएकाे छ। उनी दुर्गा प्रसाईंको सुरक्षा गार्डका रुपमा काम गर्दै आएका व्यक्ति रहेकाे प्रहरीकाे भनाइ छ।

आज सर्वोच्च अदालतमा दुर्गा प्रसाईंसँग सम्बन्धित मुद्दामा सुनुवाइ भइरहेको छ। खड्काको साथबाट एउटा बन्दुक पनि बरामद भएकाे छ।

सर्वोच्च अदालतमा कार्यरत प्रहरीले उनलाई पक्राउ गरेर उकाठमाडौँ प्रहरी परिसरसमक्ष बुझाएको छ।

प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार  १० : ५६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।