२७ बैशाख २०८१, बिहिबार | Thu May 9 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


होली खेलेर नुहाउन गएका तीन बालबालिका सुनकोसीमा डुबेर बेपत्ता



११ चैत । होली खेलेर नुहाउन गएका तीन बालबालिका सुनकोशीमा डुबेर बेपत्ता भएका छन् । उनीहरू रङ खेलेर नुहाउन सुनकोसी गएका थिए । बेपत्ता हुनेहरूमा उदयपुर त्रियुगा नगरपालिका वडा नं १४ साउनेका मोहनबहादुर मगरका १२ वर्षीय छोरा लोकबहादुर मगर, केदार मगरका नौ वर्षीय छोरा रिदम मगर र रुद्र पुलामी मगरका १२ वर्षीय छोरी रेखा मगर रहेका छन् ।

उनीहरूसँगै कोसीमा डुबेका रुद्र पुलामी मगरका छोरा लोकचन्द्र मगर र हरिबहादुर मगरका छोरी प्रश्ना मगरलाई भने स्थानीयले उद्धार गरेका छन् । स्थानीय प्रहरी टोलीले सुनकोसीमा डुबेर बेपत्ता बालबालिकाको खोजी गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : ११ चैत्र २०८०, आइतबार  ३ : २४ बजे