४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


राप्रपाले धार्मिक जागरण यात्रा गर्ने


२६ कार्तिक २०७६, मंगलबार  

0
Shares


२५ कात्तिक ०७६, काठमाडौं । नेपाललाई हिन्दूराष्ट्र बनाउने उद्देश्यसहित राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) ले यही कार्तिक २८ गतेबाट मंसिर ४ गतेसम्म धार्मिक जागरण यात्रा गर्ने भएको छ ।
सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उक्त पार्टीले सो जानकारी गराएको हो । पार्टीका अध्यक्षद्धय डा. प्रकाशचन्द्र लोहनी र पशुपति शम्शेर ज.ब.रा.को संयुक्त नाममा जारी विज्ञप्तीमा भनिएको छ,‘सबै धर्मबीच समानता, पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन धर्म सापेक्ष हिन्दू राष्ट्र नेपाल र नेपाली हुनुको आधारशीला हो । यसै मान्यता शिरोधार्य गरी राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) ले आगामी कार्तिक २८ गतेबाट मंसिर ४ गतेसम्म धार्मिक जागरण यात्रा सम्पन्न गर्नेछ ।’
पार्टीले दिएको जानकारीअनुसार माता सीताको जन्मभुमी जनकपुरधामबाट माता सीताको समाधिस्थल चितवनको वाल्मिकी आश्रम हुँदै भगवान बुद्धको जन्मस्थल लुम्बिनी पुगेर जनकपुर–लुम्बिनी धार्मिक यात्रा सम्पन्न हुनेछ । विज्ञप्तीमा थप भनिएको छ,‘यो रथ यात्रालाई सार्थक र उपलब्धीमूलक बनाउन व्यापक जनसहभागिताको आवश्यकत्ता पर्दछ नै । यस सन्दर्भमा मुलूकलाई हिन्दूराष्ट्र कायम गर्ने यस अभियानमा सम्पूर्ण नेपाली जनताको साथ, सहयोग र समर्थनको लागि हामी अपिल गर्दछौं ।’
नेपालको मौलिक धर्म, परम्परा, सांस्कृतिक सम्पदा र संस्थाको संरक्षण एवं निरन्रता आजको आवश्यकत्ता भएको पनि राप्रपा (संयुक्त) को भनाई छ । विज्ञप्तीमा थप भनिएको छ,‘गौरवशाली इतिहासको पदचिन्हमा संविधान प्रदत्त अधिकारको प्रयोगलाई समयको माग र जनचाहनाअनुसार उपलब्धीमूलक तुल्याउने हाम्रो ध्येय हो । जनताको राय बिना लादिएको धर्म निरपेक्षता हाम्रो मूलुक, देश काल परिस्थिति अनुकुल छैन् । अतः नेपाललाई संविधानमै सर्वधर्म समभावसहितको सनातन हिन्दूराष्ट्र उल्लेख गर्ने लक्ष्य अवलम्बन गरेको यस पवित्र अभियानमा ९४ प्रतिशत ॐकार परिवार लगायतमा आम नेपालीलाई सहयोग, सद्भाव र सक्रिय सहभागिताका लागि पुनः राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) हार्दिक आह्वान गर्दछ ।’
कार्यक्रममा बोल्दै अध्यक्ष पशुपति शम्शेर ज.ब.रा.ले नेपाली जनताको चाहनाविपरित नेपाललाई धर्मनिरपेक्ष राष्ट्र बनाईएकोमा आफूहरुको सुरुदेखि नै आपत्ति रहेको बताउनु भयो । उहाँले भन्नु भयो,‘यो एजेण्डा जनतालाई सोधेर लादिएको होईन् । बिना छलफल र बिना जनअनुमोदन यो मुलुकलाई धर्मनिरपेक्ष राष्ट्र बनाईयो, यो अपराध हो ।’ उनले नेपाललाई संविधानतः हिन्दूराष्ट्र नबनाएसम्म आफूहरुको अभियान आन्दोलन, संघर्ष र अभियान जारी रहने पनि विश्वास दिलाउनु भयो ।
नेपाल विश्वमै एक्लो हिन्दूराष्ट्र भएको गौरवशाली ईतिहास सुनाउँदै आफूहरु नेपाललाई हिन्दूराष्ट्र बनाएरै छोड्ने अभियानमा लागेको सुनाउनु भयो । उहाँले थप्नु भयोे,‘नेपाल हिन्दूराष्ट्र भए विश्भरिका धार्मिक पर्यटकहरु नेपाल आउँछन् । यहाँको पर्यटनको ठूलो विकास हुन्छ । यसतर्फपनि सबैले ध्यान दिनुपर्छ ।’ उहाँले नेपाल हिन्दूराष्ट्र भए भारत र चीन दुवैको सुरक्षा चासो पनि सन्तुलित हुने विश्वास दिलाउन’ भयो ।

प्रकाशित मिति : २६ कार्तिक २०७६, मंगलबार  ८ : ५८ बजे