४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


जुलुस गरेर जमीन फिर्ता हुन्न : देउवा


२६ कार्तिक २०७६, मंगलबार  

0
Shares

सभापति शेरबहादुर देउवा ।

२६ कार्तिक ०७६, हेटौडा । नेपाली काङ्ग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सडकमा जुलुस गर्दैमा देशको भूभाग फिर्ता नहुने बताउनुभएको छ । नेपाली काङ्ग्रेस प्रदेश नं ३ को ६ जिल्लाका महाधिवेशन प्रतिनिधिहरुलाई गरिएको प्रशिक्षण कार्यक्रमको उद्घाटन सत्रमा उहाँले यसका लागि कूटनीतिक पहल गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
उहाँले कालापानी सदियौँकालबाट नेपालको भूभाग भएको बताउनुभयो । कालापानीको विषयमा आफूले यसअघि पनि बोलेको भन्दै उहाँले कालापानीको भूभाग एक इन्च पनि नछाड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सभापति देउवाले ऋण लिएर रेल चढ्ने कुराको काङ्ग्रेसले समर्थन नगर्ने बताउनुभयो । भारत या चीन दुवैले रेलमा अनुदान दिने भएमात्र रेल बन्नसक्ने उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, ‘भारत होस् कि चीन, ऋण लिएर रेल बनाउने काममा समर्थन हुन्न, प्रत्येक वर्ष ब्याज तिर्दै रेल चढ्ने कुरालाई समर्थन छैन ।’

नेपाली काङ्ग्रेसलाई बलियो बनाउन पार्टीमा आन्तरिक एकता आवश्यक रहेकोसमेत उहाँको भनाइ थियो । पार्टीमा एकता भएको अवस्थामा चुनावमा समेत विजयी हुने उहाँले बताउनुभयो ।

कार्यक्रममा काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली काङ्ग्रेसले अब नेपालको कम्युनिष्टसँग प्रतिस्पर्धा गर्नुपर्ने बताउनुभयो । कम्युनिष्टहरुको विचारनै नभएको र बहुदलमा विश्वास गर्ने चरित्रसमेत नरहेको उहाँको आरोप थियो ।

कार्यक्रममा काङ्ग्रेस उपसभापति विमलेन्द्र निधि, केन्द्रीय नेताहरु डा शशाङ्क कोइराला, डा रामशरण महतलगायतले बोल्नुभएको थियो । भोलिसम्म चल्ने प्रशिक्षण कार्यक्रममा प्रदेश नं ३ का ६ जिल्लाका २९० महाधिवेशन प्रतिनिधिहरुको सहभागिता छ ।

प्रकाशित मिति : २६ कार्तिक २०७६, मंगलबार  ८ : ५० बजे