२५ माघ २०८२, शनिबार | Sat Feb 7 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


देशभर भइरहेका गुण्डागर्दी रोक्ने गृहमन्त्री रवि लामिछानेको योजना



काठमाडौँ
२३ चैत । ठमेललगायत देशभर भइरहेका गुण्डागर्दी रोक्ने योजनाअनुरुप गृह मन्त्रालयले ‘एक्सन प्लान’ बनाइरहेको छ ।
गृहमन्त्री लामिछानेले राजधानीमा आयोजित एक कार्यक्रममा उनले गुण्डागर्दी रोक्न मन्त्रालयले काम गरिरहेको बताए । उनले प्रहरी प्रशासनलाई व्यवसायी कहाँ गएर खाना नखान निर्देशन दिए ।
ठमेल र दरवारमार्ग २४ सै घण्टा खुल्ने

 

ठमेल र दरबारमार्ग २४सै घण्टा खुला गर्नुहुन्न भन्नेको विचारलाई समेत समाधान हुनेगरी सरकारले काम गर्ने

सरकारले राजधानी काठमाडौंमा रात्रीकालीन पर्यटन प्रबद्र्धनका लागि २४ सैं घण्टा ठमेल तथा दरबारमार्ग खोल्ने भएको छ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले स्थानीयवासी र व्यवसायीको समस्या समाधान गरेर ठमेल तथा दरबारमार्ग चौबीसै घण्टा सञ्चालन गर्ने बताएका छन् ।
गृहमन्त्री लामिछानेले आज मन्त्रालयमा आयोजना गरेको सरोकारवाला निकायसँगको छलफलमा सरकारले स्थानीय घरधनी र व्यवसायीको समस्या समाधान गरेर मात्र ठमेल चौबीसै घण्टा सञ्चालन गर्ने बताए । गृहमन्त्री लामिछानेले ठमेल र दरबारमार्ग २४सै घण्टा खुला गर्नुहुन्न भन्नेको विचारलाई समेत समाधान हुनेगरी सरकारले काम गर्ने उल्लेख गरे । स्थानीय घरधनीको अधिकार सुरक्षित हुनेगरी मात्र सरकार अगाडि बढ्ने उनको भनाइ थियो ।

गृहमन्त्री लामिछानेले ठमेल र दरबारमार्ग क्षेत्र अनौपचारिक रूपमा चल्नु र औपचारिक रूपमा चल्नु धेरै फरक हुने उल्लेख गरे । उनले ठमेल र दरबारमार्ग २४सै घण्टा खुला हुँदा सरकार र प्रहरीले गर्ने तयारी त्यही ढङ्गबाट हुने स्पष्ट पारे ।
ठमेल पूर्ण रूपमा व्यावसायिक क्षेत्र नभएकाले त्यहाँ स्थायी रूपमा बसोबास गर्नेको हक, अधिकारलाई मध्यनजर राखेर काम गर्दा थप व्यवस्थित हुने गृहमन्त्री लामिछानेले बताए । सरकारले व्यवसाय जोेगाउनका लागि उक्त कदम चालेको उनको भनाइ थियो ।

प्रकाशित मिति : २३ चैत्र २०८०, शुक्रबार  ४ : ३८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।