८ आश्विन २०८१, मंगलबार | Wed Sep 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


डढेलो निभाउँदा घाइते तीनजना सैनिकको मृत्यु



२७ चैत । डोल्पाको ठुलिभेरी नगरपालिका-४ को मष्टा सामुदायिक वनमा आगो निभाउने क्रममा घाइते भएका तीन जना नेपाली सेनाको मृत्यु भएको नेपाली सेनाले जानकारी दिएको छ । उनीहरूको उपचारको क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा काभ्रेका ३८ वर्षीय केशवबहादुर मगर र हुम्लाका २३ वर्षीय आशिष बुढा छन् ।

यसअघि सोमबार उपचारकै क्रममा जुम्लाका २८ वर्षीय हेमन्त रावलको मृत्यु भएको थियो । रावलको जिल्ला अस्पताल डोल्पामा मृत्यु भएको थियो भने मगर र बुढाको काठमाडौंको कीर्तिपुरस्थित जलन अस्पतालमा मृत्यु भएको हो । घाइते ३० वर्षीय प्युठ विजय कोइरालाको कीर्तिपुरमै उपचार भइरहेको छ ।

प्रकाशित मिति : २७ चैत्र २०८०, मंगलबार  ३ : २२ बजे