२५ माघ २०८२, शनिबार | Sat Feb 7 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


तीन घरमा आगो फैलिएपछि दुई करोडको क्षति



दमक (झापा)
२८ चैत । दमकस्थित लाइफलाइन अस्पताल नजिक मङ्गलबार राति आगलागी हुँदा दुई करोडभन्दा बढीको क्षति भएको छ । अस्पताल नजिक रहेको प्रेमबहादुर धिमालको घरबाट सल्केको आगो अन्य तीन घरमा फैलिँदा उक्त क्षति भएको हो ।

प्रहरी कार्यालय झापाका अनुसार धिमालको घरबाट सुरु भएको आगो अस्पतालको डाइलिसिस गराउने भवनमा फैलदा अस्पतालका उपकरण र अन्य सामाग्री नष्ट भएका छन् । अस्पतालका अध्यक्ष डा. मुक्तिनाथ भट्टराईले डाइलिसिस मेसिन कामनलाग्ने भएकाले अस्पतालको डाइलिसिस सेवा पूर्ण बन्द भएको बताए ।

दमक नगरपालिका, कमल गाउँपालिका, पथरीशनिश्चरे नगरपालिका, उर्लाबारी नगरपालिकालगायत स्थानीय निकायका छ वटा वारुण यन्त्र, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयको सहयोगमा आगो निभाइएको थियो । लामखुट्टे भगाउन बालिएको अण्डा राख्ने ‘क्यारेट’बाट आगो सल्किएको स्थानीय एक महिलाले बताइन् ।

 

प्रकाशित मिति : २८ चैत्र २०८०, बुधबार  १ : ५९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।