२५ माघ २०८२, शनिबार | Sat Feb 7 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


संसारकै धेरै प्रदुषित काठमाडौंको वायुको अवस्था आपतकालिन नजिकै



काठमाडौँ
२८ चैत्र । काठमाडौँ विश्वकै सबै भन्दा बढी वायु प्रदूषण भएको शहर बनेको छ । यहाँको वायुको प्रदुषणको मापन हेर्दा काठमाडौं आपतकालीन अवस्थाको रजिकै रहेको पाइएको छ ।
वायु प्रदूषणको अवस्था रियल टाइममा मापन गर्ने आईक्यू एयरकाअनुसार अहिले काठमाडौँको एयर क्वालिटी इन्डेक्स २४५ रहेको छ ।
एअर क्वालिटी इन्डेक्समा १५० सम्मको एयर क्वालिटीलाई सन्तोषजनक मानिन्छ भने २०० सम्मलाई अस्वस्थ र २०१ देखि ३०० सम्म अति अस्वस्थ तथा ३०१ भन्दा माथिलाई आपत्कालीन अवस्था मानिएको छ । झण्डै ३०० पुगेको काठमाडौंको वायु जुनसुकै बेला आपतकालीन अवस्थामा पुग्ने मौसमविहरु ब्ताउछन् ।
अहिले काठमाडौँको वायु प्रदुषण बढ्नुमा जङ्गल लागेको डढेलो, धुलाम्मे सडक आदि कारण मानिएको छ ।
भर्खरै झरि रोकिएको र जाडो सकिएर गर्मी सुरु भएकाले धुलो उड्ने र डढेलो लाग्ने मौसम सुरु हुने अवस्था छ ।
काठमाडौंपछि दोस्रो स्थानमा भारतको नयाँ दिल्ली रहेको छ । नयाँ दिल्लीको एयर क्वालिटी इन्डेक्स २१४ रहेको छ ।
अहिले काठमाडौँ र नयाँ दिल्लीको एयर क्वालिटीको अवस्था अति अस्वस्थको अवस्थामा रहेको छ । त्यस्तै पाकिस्तानको लाहोर, बंगलादेशको ढाका, इराकको बग्दाद, भारतको कोलकोता, थाइल्याण्डको चियांग माई, चीनको हांगझोउ, भियतनामको हानोई, सेनेगलको डाकर र म्यान्मारको यांगुन अस्वस्थ रहेको छ ।
मौसम विभागले काठमाडौँमा अझै केहि दिन वायु प्रदुषणको यो अवस्था रहने र यो केहि दिन पुर्णरुपमा हट्ने सम्भाना नरहेको बताएको छ ।

प्रकाशित मिति : २८ चैत्र २०८०, बुधबार  ५ : ५८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।