८ आश्विन २०८१, मंगलबार | Wed Sep 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


बागमतीका मेयरविरुद्ध विशेष अदालत भ्रष्टाचारको आरोपमा मुद्धा



काठमाडौँ
२८ चैत्र । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको बागमती नगरपालिकाका नगर प्रमुख भरत कुमार थापाविरुद्ध भ्रष्टाचारको आरोपमा विशेष अदालतमा मुद्धा दायर गरेको छ ।

अख्तियारले मेयर थापाले ५ करोड ३३ लाख भन्दा बढी गैरकानुनी सम्पत्ति आर्जन गरि भ्रष्टाचार गरेको आरोपमा मुद्धा दायर गरेको जनाएको छ ।

अख्तियारले २०७४ देखि २०७९ सम्म मेयर थापाको कुल १३ करोड २० लाखको सम्पत्ति देखिएको, जसमा ७ करोड ८६ लाख बराबरको सम्पत्तिको मात्र स्रोत भेटिएको भन्दै उनको ५ करोड ३३ लाख बराबरको सम्पत्ति गरिकानुनी रहेको ठहर गर्दै मुद्धा दायर गरिएको जानकारी दिएको छ ।

प्रकाशित मिति : २८ चैत्र २०८०, बुधबार  ९ : ३५ बजे