११ बैशाख २०८३, शुक्रबार | Fri Apr 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


पाल्पामा जन्ती बोकेको जीप दुर्घटना हुदाँ १० घाइते, एक गम्भिर, चालक फरार



पाल्पा
८ वैशाख । पाल्पामा सवारी दुर्घटना परी १० जना घाइते भएका छन ।
जसमध्ये एक जनाको अवस्था गम्भिर रहेको छ । पाल्पाको निस्दी–३, खाँदरमा जिप दुर्घटना हुँदा १० जना घाइते भएको प्रहरीले जनाएको छ ।
शुक्रबार राती लु १ ज २५३५ नम्बरको जिप जन्ती लिएर निस्दी खाँदरबाट सहलकोटतर्फ जाने क्रममा सो दुर्घटना भएको हो ।
भित्री कच्ची सडकमा दुर्घटना हुँदा जिपमा सवार १७ जनामध्ये १० जना घाइते हुन पुगेका थिए । घाइतेहरूको उपचारका लागि रामपुर अस्पतालमा पठाइएको छ ।
सो जीपका चालक फरार रहेकाले खोजी कार्य जारी राखिएको छ ।

प्रकाशित मिति : ८ बैशाख २०८१, शनिबार  १० : ५५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।